शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिचानकै आधारमा प्रदेश १ को नामकरण हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ

पहिचानकै आधारमा प्रदेश १ को नामकरण हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले प्रदेश १ को नामकरण पहिचानको आधारमा गर्नुको विकल्प नरहेको बताएका छन्।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले प्रदेश १ को नामकरण पहिचानको आधारमा गर्नुको विकल्प नरहेको बताएका छन्।

National life

लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको ३४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले पहिचानकै आधारमा प्रदेश १ को नामकरण गर्नुपर्ने बताए।

प्रदेश १ लाई पहिचानको आधारमा नामकरण नगर्दा इतिहासको अपमान हुने र त्यहाँको जनभावनाविपरीत हुने भएकाले पहिचानकै आधारमा नामकरण गर्नुपर्ने मन्त्री खापुङको भनाइ रहेको छ।

प्रमुख अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले भने, ‘प्रदेश १ को नामकरण गर्दा पहिचानलाई प्रमुख आधार बनाइनु पर्छ। पहिचानको आधारमा नामकरण गरिएन भने त्यहाँको इतिहास अपमान हुन्छ, जनताको भावनाविपरीत हुन्छ। त्यसैले पहिचानकै आधारमा नामकरण हुनुपर्छ।’

वर्तमान प्रदेशसभाबाट प्रदेशको नामकरण अब सम्भव नरहेको भन्दै मन्त्री खापुङले मंसिरमा हुने निर्वाचनमार्फत आउने नयाँ जनतमले नामकरण गर्ने बताएका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री खापुङले आगामी निर्वाचनमा पहिचान पक्षधरलाई जिताएर पहिचानकै आधारमा नामकरण गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए।

प्रकाशित: Sep 03, 2022| 07:43 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।