बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भोक फ्ल्यास चार्ज र ग्राडियण्ट कलर डिजाइनसहितको ओपो एफनाइन नेपालमा

भोक फ्ल्यास चार्ज र ग्राडियण्ट कलर डिजाइनसहितको ओपो एफनाइन नेपालमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो लोकप्रिय एफसिरिज अन्तर्गत नयाँ उत्पादन, ओपो एफनाइन सार्वजनिक गरेको छ। 

पाँच मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्याश चार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सहित सार्वजनिक गरिएको नयाँ एफनाइनमार्फत कम्पनीले ओपोको अत्याधुनिक प्रविधि र नव प्रबर्तनात्मक विशेषज्ञता प्रतिबिम्बित गरेको छ। सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीनभिन्न ग्राडियण्ट कलर कम्बिनेसनमा एफनाइन उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ। 

तीमध्ये सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोर मार्फत भदौ १४ गतेदेखि विक्रिआरम्भर गरिने छ भने स्टारी पर्पलकालागि भने उपभोक्ताले केही समय थप कुर्नु पर्ने कम्पनीले जानकारी दिएको छ। ओपो एफनाइन ४ जीबी को मूल्य रु. ४१,५९० र ६ जीबी को मूल्य रु. ४५,५९० निर्धारण गरिएको छ ।

उद्योगकै पहिलो ६.३ ईञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९०.८% स्क्रिन टू बडी रेसिया पृथक ग्राडियण्ट कलर र ३५०० एमएएच ब्याट्री सहितओपो एफनाइनले उत्कृष्ट सेल्फीफञ्शनका साथै अन्य प्राविधिक पक्षमासमेत उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्