बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौरालाई नेपालकै प्रमुख पहिचानका रूपमा संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन

गौरालाई नेपालकै प्रमुख पहिचानका रूपमा संरक्षण गर्नुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्।

National life

सुदूरपश्चिम प्रदेश लगायतका क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा शनिवार शुभकामना दिँदै उनले मौलिक चाडको संरक्षण र प्रवद्र्धनमा सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए। 

गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्ति तथा इष्ट र कुलदेवता खुशी हुने विश्वासका साथ मनाइने गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उनको विश्वास छ।

उपराष्ट्रपति पुनले गौरा पर्वका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा राष्ट्रको निरन्तर समुन्नतिको शुभकामना व्यक्त गरेका छन्।

गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथा लगायत संस्कृतिले सुदूरपश्चिमलाई झनै सुन्दर बनाएको उल्लेख गर्दै उनले सुदूरपश्चिमको मात्रै नभई नेपालकै प्रमुख पहिचानका रूपमा रहेको गौरा पर्व, देउडा संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्न अपिल गरेका छन्।

Shivam cement

प्रकाशित: Sep 03, 2022| 06:37 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।