बिहीबार, असार ३२, २०८३

नेपालको लगातार दोस्रो हार : आजपनि चलेन ब्याटिङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल एसिया कप छनोटको आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ७८ रनले पराजित भएको छ । युएईद्धारा दिएको २ सय ५५ को लक्ष्य पछ्याउतने क्रममा नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउदै एक सय ७६ रन मात्र बनाउन सक्यो । मलेसियामा जारी छनोटको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालविरुद्ध युएईले ९ विकेटको क्षतिमा २ सय ५४ रन जोडेको थियो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान सुवास खकुरेलले अर्धशतक बनाएका थिए । उनले ९७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा ५० रन जोडे । त्यस्तै मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले ४० रन जोडे । उनले ६४ बल खेल्दै दुई चौकाको मद्दतमा ४० रन जोडेका थिए ।

नेपालले चार रन जोड्दा पहिलो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाउन पुग्यो । त्यसपछि मैदान छिरेका कप्तान पारस खड्का पनि २० बल खेल्दै तीन चौकाको मद्दतमा १६ रन जोड्दै आउट हुन पुगे । सधै कप्तान खड्कामा निहित नेपाली क्रिकेट टिम खड्का नचल्दा अन्य ब्याट्सम्यानको ब्याटिङ पनि धरमराउने उही कमजोरी यस खेलमा पनि देखीयो । दोस्रो विकेटको रुपमा नेपालले खड्कालाई गुमाउदा त्यसपछिका ब्याट्सम्यानहरु पनि लगातार पेभिलियन फर्किन थाले । 

सुवास र दिपेन्द्रको जोडीले धरमराएको नेपाली ब्याटिङलाई उकास्ने प्रयास गरेपनि सुवास ५० रन जोड्दै आउट हुन पुगे । त्यसपछिका ब्याट्सम्यनहरुले दोहोरो  अंक नछुदै पेभिलियन फर्किए । तर, अन्त्य तिर मैदान प्रवेश गरेका तिब्रगतीका बलर सोमपाल कामीले २७ तथा कसन्त रेग्मीले १२ रन जोडे । मोमनसँगको खेलमा नेपाका लागि सर्वाधिक ८३ रन जोडेका सागर पुन ३ रनमा आउट भए ।

युएईका लागि अहमद राजाले ४, मोहमद नाभिदले ३ र आमिर हायातले एक विकेट लिए । यसअघि युएईका ओपनर चिराग सुरीले अर्धशतक पुरा गरेका थिए । ९१ बल खेलेका चिगारले ७ चौका र १ छक्कासहित ६५ रन जोडे । 

अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिदा बसन्त रेग्मी र सोमापाल कामीले समान २ विकेट लिए । ओमानसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।