बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • करवृद्धि फिर्ताको माग गर्दै वडा कार्यालयमा कांग्रेसको धर्ना

करवृद्धि फिर्ताको माग गर्दै वडा कार्यालयमा कांग्रेसको धर्ना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुर उपमहानगरपालिकाले सर्वसाधारणको ढाड सेक्नेगरी करवृद्धि गरेको भन्दै नेपाली कांग्रेसले सबै वडा कार्यालयहरुमा धर्ना दिएको छ। करवृद्धिसम्बन्धी निर्णय फिर्ता लिन सातदिने अल्टिमेटम दिँदासमेत उपमहानगरपालिकाले चासो नदेखाएपछि कांग्रेसले सबै वडा कार्यालयहरुमा धर्ना दिएको हो।

यसअघि कांग्रेसले करवृद्धि फिर्ता लिन उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई ज्ञापनपत्र बुझाएको थियो। उपमहानगरले विभिन्न शीर्षकमा ३ सयदेखि ४ सय प्रतिशतसम्म करवृद्धि गरेको भन्दै कांग्रेसले जनकपुर उपमहानगरको वडा १ देखि २५ को सबै कार्यालयहरुमा बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा धर्ना दिएको छ। 

यसैगरी करवृद्धिको विरोधमा शुक्रबार कार्यालय अवधि भर वडा कार्यालय अघी धर्ना दिने कार्यक्रम रहेको कांग्रेस नगर समितिका सभापति मनोज साहले बताए।

उपमहानगरपालिकाले घर जग्गा, सरसफाइ, सवारी पार्किङ्गजस्ता शीर्षकमा सर्वसाधारणको ढाड सेक्नेगरी करवृद्धि गरेकोले आफूहरु विरोधमा उत्रिएको कांग्रेसका जिल्ला सभापति महेशशंकर गिरीले बताए । करवृद्धि फिर्ता लिन उपमहानगरपालिका कार्यालयको ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नदेखाएको उनको आरोप छ।

उपमहानगरपालिकाले ईंटाले बनेको घरमा यसअघि प्रति स्क्वायर फिट ५ सय ७५ रुपैयाँ लिँदै आएकोमा वृद्धि गरेर १ हजार ७ सय पुर्‍याएको छ। त्यसैगरी पिलरवाला घरको ६३२ प्रति स्क्वायर फिट कर रहेकोमा अहिले २ हजार प्रति स्क्वायरफिट कायम गरिएको छ।

होटलको श्रेणी अनुसार सरसफाइ दस्तुर प्रति महिना ५ सय रुपैयाँदेखि ३ हजारसम्म उपमहानगरपालिकाले कर निर्धारण गरेको छ। सरसफाइ शीर्षकमा उपमहानगरपालिकाले कर उठाएपनि सरसफाइ हुन नसकेको कांग्रेसको आरोप छ।

यता विभिन्न सवारी साधन पार्किङ गर्न उपमहानगरपालिकाले निर्धारण गरेको करप्रति पनि कांग्रेसले विरोध गरेको छ। यसअघि कहिले पनि तिर्न नपरेको साइकल पार्किङ्गको लागि उपमहानगरपालिकाले प्रतिघण्टा ५ रुपैयाँ, भारतीय गाडी पार्किङ्गगर्न प्रतिघण्टा २० रुपैयाँ निर्धारण गरेको छ। 

यसबाहेक मोटरसाइकल, जीपकारलगायतका सवारी साधन पार्किङ्गगर्न उपमहानगरपालिकाले अत्याधिक करवृद्धि गरेकोले आफूहरु आन्दोलनमा उत्रिएको कांग्रेसले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।