काठमाडौं- बिहीबारदेखि काठमाडौंमा शुरु भएको बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका विशिष्ट अतिथिको सत्कारमा कुनै कन्जुस्याइँ नराख्ने गरी काम भइरहेको छ।
उच्च सुरक्षा सतर्कता अपनाएको सरकारले स्वास्थ्य सेवालाई पनि मजबुत बनाएको छ। नेपालमा आएका पाहुनाको स्वास्थ्यको उचित व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या सचिव डा पुष्पा चौधरीको संयोजकत्वमा उपसमिति नै गठन गरिएको छ।
समितिले शिखर सम्मेलनमा सहभागी हुने पाहुनाको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गरेको छ। सम्मेलनमा आउने आगन्तुक तथा विशिष्ट पाहुनाहरूको आकस्मिक उपचारका लागि वीर अस्पतालले अन्य अस्पतालसँग समन्वय गरी सोल्टी होटेल परिसरमा चिकित्सक, स्वास्थ्यकर्मी, औषधी र एम्बुलेन्सको अस्थायी उपचार व्यवस्था गरेको छ।
आवश्यक परेको अवस्थामा आपतकालीन तथा विपद् व्यवस्थापनको सम्पूर्ण व्यवस्थापन गरिएको छ।
स्वास्थ्य सेवाका लागि सरकारले गरेको व्यवस्था हेर्नुहोस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४