बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओखलढुंगाको मालुङमा पहिरो : एकै परिवारका चारको मृत्यु

ओखलढुंगाको मालुङमा पहिरो : एकै परिवारका चारको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ओखलढुंगा-अबिरल बर्षाका कारण आएको पहिरोले पुरिएर ओखलढुंगामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । 

बुधबार राति खसेको पहिरोमा पुरिएर मालुङ गाउँपालिका ८ रागदेब खिम्लीका ५० वर्षका पुर्ण राई उनकी श्रीमती ५० वर्षकी धनकुमारी राई, छोरा आशिष राई र पूर्णकी दिदी ५५ वर्षकी मित्रमाया राईको मृत्यु भएको छ । 

घटना रातिनै भएको भएपनि प्रहरीले बिहान ४ बजे मात्र खबर पाएकोले जिवितै उद्दार गर्ने सम्भब नभएको ओखलढुङ्गाका प्रहरी प्रमुख  डिएसपी अनन्त शर्माले नेपाल समयलाई जानकारी दिए । 

घटना स्थलमा प्रहरीले मुजुल्का उठाउँदै छ । उनीहरुको जिल्ला अस्पताल ओखलढुङ्गा पोष्मार्टम हुने शर्माले बताए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।