बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाहुनाको स्वागतले पीडित बनेका नेपाली : 'वन साङ्लोले घर साङ्लो लखेट्यो'

पाहुनाको स्वागतले पीडित बनेका नेपाली : 'वन साङ्लोले घर साङ्लो लखेट्यो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बिहीबारदेखि काठमाडौंमा बिमस्टेकको चौथो शिखर सम्मेलन शुरु हुँदैछ। सम्मेलनमा सहभागी हुन ६ राष्ट्रका सरकार र राष्ट्र प्रमुख काठमाडौं आइपुगेका छन्। 

बिमस्टेकमा नेपालसहित सात सदस्य राष्ट्र छन्। सदस्य राष्ट्रका राष्ट्रपति/प्रधानमन्त्रीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले साढे दुई घण्टा त्रिभुवन विमानस्थल बन्द गरिएको थियो भने पाहुना हिँड्ने बाटोमा भीभीआईपी सवारीका लागि सम्पूर्ण सवारी साधन बन्द गराउँदा कोटेश्वर हुँदै काठमाडौं भित्रने सडकमा तीन घण्टा जाम भएको छ। 

सवारीका क्रममा पैदलयात्रीलाई पनि हिँडडुलमा रोक लगाउनुका साथै विमानस्थल परिसरमा सडक अगाडिका पसलहरू बन्द गराउँदा सर्वसाधारण समस्यामा परेका छन् । 



बाटो भेटिएका पैदलयात्रीहरूले आफूहरू पाहुनालाई स्वागत गर्दा पीडित बनेको गुनासो पोख्दै हिँडिरहेका भेटिन्थे। ‘वन साङ्लोले घर साङ्लो खेद्छ’ भन्ने उखान सुनेको थियो, अहिले भोगियो,' तीनकुनेमा हिँडिरहेका एक सर्वसाधारणले भने।

सुरक्षा संवेदनशीलतालार्इ ध्यानमा राख्दै सरकारले जोर गते जोर नम्बरका सवारी र बिजोर गते बिजोर नम्बरका मात्र सवारी गुडाउने व्यवस्था मिलाएपछि यात्रु समस्यामा छन्। 










प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।