शुक्रबार, असोज ९, २०८३

प्रभु बैंक र चेली थकाली भान्छा घरबीच सम्झौता

प्रभु बैंक लिमिटेड र पोखरा, लेकसाइडस्थित चेली थकाली भान्छा घरबीच २०७९ भदौ १४ गते विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- प्रभु बैंक लिमिटेड र पोखरा, लेकसाइडस्थित चेली थकाली भान्छा घरबीच २०७९ भदौ १४ गते विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र चेली थकाली भान्छा घरका तर्फबाट प्रोप्राइटर दिनाङ्क शेरचनले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक र उक्त रेस्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले चेली थकाली भान्छा घरद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ। 

उक्त सम्झौता अन्तर्गत चेली थकाली भान्छा घरमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, चेली थकाली भान्छा घरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रकाशित: Aug 31, 2022| 18:08 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्