बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामसङको ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ योजना सार्वजनिक

सामसङको ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ योजना सार्वजनिक

सामसङले चाडपर्व लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ उपभोक्ता योजना सार्वजनिक गरेको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- सामसङले चाडपर्व लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार !’ उपभोक्ता योजना सार्वजनिक गरेको छ। उक्त योजना १४ भदौदेखि १४ असोज २०७९ सम्म लागू हुने कम्पनीले जनाएको छ।

National life

सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्ने छन्। योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ। यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार जित्न सक्ने कम्पनीले जनाएको छ।

नयाँ उपभोक्ता योजनाको बारेमा बोल्दै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङ उपभोत्ताहरुको जीवनलाई सहज बनाउनका लागि सधै प्रतिबद्ध रहेको बताए। योजनामा सहभागि बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा ई–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरिद गरेकै हुनु पर्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार एसएमएस पठाउने सबै सहभागीहरु मध्येबाट विजेताको चयन गरिने छ। गोलाप्रथा साप्ताहिक रुपमा गरिने जनाएको छ। यद्यपि, योजना अवधिभरका लागि दैनिक रुपमा गोला प्रथा सञ्चालन गरिने र गोलाप्रथालाई सामसङ फेसबुक पेजमा लाइभ गर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।


प्रकाशित: Aug 31, 2022| 18:07 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्