बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै

ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै

ग्लोबल आईएमई बैंकले अनलाइन मार्फत प्रतितपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- ग्लोबल आईएमई बैंकले अनलाइन मार्फत प्रतितपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ।

National life

यो सेवाको सुरुवातसँगै ग्राहकले अनलाइनमार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्नेे लगायत सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोगमार्फत आफ्नै कार्यालय वा घरबाटै गर्न सक्ने छन्। 

यसले गर्दा ग्राहकहरू प्रतितपत्र (एलसी) वा बैंक ग्यारेन्टी बनाउनु परेमा बैंकमा धाउनुपर्ने झन्झटबाट मुक्त हुनेछन्। साथै यस प्रक्रियाबाट उल्लेखित रूपमै ग्राहक तथा बैंक दुबैको समय, स्रोत र साधन बचत हुने विश्वास लिइएको छ। यो प्रणाली २०७९ भदौ महिनाबाट लागू भएको छ।

यससम्बन्धी कुनै समस्या परेमा ग्राहकले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवर्द्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन्। मुलुकका ७७ वटै जिल्लामा बैंकका २८९ शाखा सञ्चालनमा छन्।


प्रकाशित: Aug 31, 2022| 18:06 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्