बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य

एनएमबि बैंक र ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य

एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बिआइआई) बीच सम्झौता सम्पन्न भएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बिआइआई) बीच सम्झौता सम्पन्न भएको छ।  बैंकले बिआइआईबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्बन्धी सम्झौता सम्पन्न गरेको हो। 

National life

बैंक बिआइआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको बताइएको छ।

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने बैंकको विश्वास छ। यसरी विस्तार गरिएको लगानीले जलस्रोत तथा नविकरणीय ऊर्जाक्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्नेछ।

सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल के.सी.ले उक्त कर्जा लगानीले ऊर्जा क्षेत्रमा कार्यरत परियोजनाहरू लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई एक कदम अगाडि पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। बैंक दि फिनान्सियल टाइम्स, लण्डनको 'द ब्यान्कर' पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि 'बैंक अफ दि इयर एसिया २०२१' उपाधिबाट सम्मानित भएको बैंक हो। 


प्रकाशित: Aug 31, 2022| 18:05 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्