काठमाडौं- बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएपछि नेपालको त्रिभुवन विमानस्थलको आन्तरिक उडान बन्द गरिएको छ।
सुरक्षा सतर्कताका कारण बिहान आठ बजेदेखि विमानस्थलमा आन्तरिक उडान बन्द गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ।
चौथो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएका छन्। बिहीबार भारतीय वायुसेवाको विशेष विमानबाट काठमाडौं आएका मोदीलाई उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पोखरेलले स्वागत गरेका छन्।
भारतीय प्रधानमन्त्रीलाई विमानस्थलमा उपप्रधानमन्त्री पोखरेलसहितको नेपाली टोलीले स्वागत गरेपछि त्रिभुवन विमानस्थल परिसरमै नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षा मन्त्रीको स्वागतपछि भारतीय प्रधानमन्त्री मोदी आरामका लागि होटेल सोल्टी जाने कार्यक्रम छ।
भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि त्रिभुवन विमानस्थल परिसरमा मोदीका समर्थक पनि भेला भएका छन्। मोदी समर्थक त्रिभुवन विमानस्थल प्रवेश गर्ने गेटका दक्षिणपट्टि बसेका छन्।
मोदीको आवागमनलाई व्यवस्थित बनाउन उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
मोदी हिँड्ने बाटोमा पैदलयात्रीलाई पनि रोक लगाइएको छ भने विमानस्थल जाने बाटोका पसलका सटर पनि बन्द गराइएको छ।
यो पनि पढ्नुहोस्,
बिमस्टेक महिला सांसदको विशेष फोरम स्थापना गर्न मोदीको प्रस्ताव
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४