शुक्रबार, असोज ९, २०८३

सुनको मूल्य तोलामा आठ सयले घट्यो

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार तोलामा सुनको मूल्य ८०० रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैंया रहेको थियो।

तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

मंगलबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित: Aug 31, 2022| 12:48 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्