बिहीबार, असार ३२, २०८३

आजका अखबार : बिमस्टेक आज, पश्चिम सेती नबन्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले आजबाट सुरु हुन लागेको बिमस्टेक शिखर सम्मेलनको विषयलाई मुख्य समाचार बनाएका छन् । 

नेपालमै पहिलो पटक हुन लागेको बिमस्टेक शिखर सम्मेलनमा दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोड्न व्यापार, उर्जा, यातायातलगायतका विषयमा क्षेत्रिय सम्झौता तथा प्रतिवद्धता जाहेर गर्ने भएको छ ।

कनेक्टिभिटी, व्यापार, पर्यटन, उर्जा र कृषिलाई नेपालले विशेष प्राथमिकताका साथ उठाउने भएको छ । सम्मेलनको घोषणा पत्र बुधबार बसेको मन्त्रीस्तरिय बैठकले तय गरेको छ । घोषणापत्रसंगै बिमस्टेक उर्जा ग्रिड निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने विषय अनुमोदन भएको छ । 

यसै विषयलाई मुख्य समाचार बनाउदै आजको कान्तिपुर दैनिकले 'बिमस्टेक शिखर सम्मेलन आज : व्यापार र उर्जामा मुख्य प्राथमिकता' शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले 'चौथो सम्मेलन आज : बिमस्टेक सुदृढ बनाउने अठोट' शीर्षकमा खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले 'बिमस्टेक शिखर सम्मेलन आजदेखिः आतंकवादविरुद्ध सहकार्यमा जोड' शीर्षकमा खबर प्रकाशित गरेको छ । नयाँ पत्रिकाले 'बिमस्टेक आजदेखि' शीर्षकमा एङ्कर न्युज छापेको छ ।
 
बिमस्टेक बाहेक आजका पत्रपत्रिकाले पश्चिम सेति करिब नबन्ने अबस्थामा पुगेको विषयलाई पनि विेशष महत्वका साथ प्रकाशित गरेका छन् । चाइना थ्री गर्जेज इन्टरनेसनलले ७५० मेगावाटको पश्चिम सेती निर्माणको जिम्मेवारीबाट पछि हट्ने संकेत गरेसंगै यो आयेजना नबन्ने हो की भन्ने आशंका बढाएको छ ।

थ्री गर्जेजका अध्यक्ष झाओ जियाङयिङ नेतृत्वमा वार्ताका लागि नेपाल आएको टोलीले नेपाली सरोकारवालासँग दुई दिनसम्म गरेको छलफलबाट कुनै निष्कर्ष निस्किन सकेन । जसले पश्चिम सेति निर्माणमा थप अन्योलता सृजना गरेको छ । प्रभावित क्षेत्रको पुनर्वास तथा पुनःस्थापना लगायतका विषयमा विवाद देखिएको थियो । 

यसैविषयलाई मुख्य समाचार बनाउँदै आजको नयाँ पत्रिकाले 'पश्चिम सेती २३ बर्षदेखि बन्धक' शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले 'पश्चिम सेती अन्योलमाः थ्री गर्जेजका सर्तैसर्त' शीर्षकमा खबर लेखेको भने अन्नपूर्णले 'नबन्ने भो पश्चिम सेती' शीर्षकमा खबर प्रकाशित गरेको छ । कारोबार दैनिकले मुख्य समाचार बनाउदै 'पश्चिम सेतीबाट हात झिक्दै चिनिया कम्पनी' शीर्षकमा खबर छापेको छ। 

यस्तै आजका पत्रपत्रिकाले नेपालको पाराग्लाइडिङ टिमले १८ औं एसियाली खेलकुदमा रजत पदक जितेको विषयलाई पनि महत्वका साथ प्रकाशित गरेका छन् । नेपालले २० वर्षपछि एसियाली खेलकुदमा रजत पदक जितेको हो ।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।