शुक्रबार, असोज ९, २०८३

सिर्जनशील लघुवित्तले खुलायो आईपीओ

कम्पनीले हाल कायम जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन खुला गरेको हो।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं– सिर्जनशील लघुवित्त वित्तीय संस्थाले १५ भदौदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले हाल कायम जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन खुला गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सार्वजनिक निष्कासन  अनुमति पाएको हो।

अनुमति पाएकोमध्ये कुल सार्वजनिक निष्कासन हुने सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४७० कित्ता कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् १९ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ।

बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ।

आईपीओमा आवेदन दिने अवधि छिटोमा १९ भदौ र उक्त अवधिमा पर्याप्त आवेदन नपरे २९ भदौसम्म थप हुनेछ। कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ।

प्रकाशित: Aug 31, 2022| 11:12 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्