शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चट्याङ लागेर ज्यान गुमाएका दुई युवतीको सनाखत, घाइते १३ जनाको उपचार हुन सकेन

चट्याङ लागेर ज्यान गुमाएका दुई युवतीको सनाखत, घाइते १३ जनाको उपचार हुन सकेन

घोराही उपमहानगरपालिका वडा नम्बर १२ को विकट पहाडी इलाकामा पर्ने गुरउँ गाउँमा मंगलबार बेलुकी ६ बजे लागेको चट्याङमा परेर स्थानीय १६ वर्षीया दीपा घर्ती र १८ वर्षीया मनिषा शाहको मृत्यु भएको हो।
 |  बुधबार, भदौ १५, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

बुधबार, भदौ १५, २०७९

दाङ- चट्याङ लागेर दाङमा दुई युवतीको मृत्यु भएको छ। घटनामा १३ जना घाइते भएका छन्। 

triton college

घोराही उपमहानगरपालिका वडा नम्बर १२ को विकट पहाडी इलाकामा पर्ने गुरउँ गाउँमा मंगलबार बेलुकी ६ बजे लागेको चट्याङमा परेर स्थानीय १६ वर्षीया दीपा घर्ती र १८ वर्षीया मनिषा शाहको मृत्यु भएको हो। 

गाउँमा मोबाइल सम्पर्क प्रभावकारी नभएको र पहिरोले सडकसमेत अवरुद्ध भएका कारण घाइतेको उपचार अहिलेसम्म हुन नसकेको स्थानीय युवा बेगम घर्तीले बताए। मंगलबार बेलुकी घटना भए पनि अहिलेसम्म जिल्लाबाट प्रहरी र जनप्रतिनिधिको टोली पुग्न सकेको छैन। 

हिजो तीजको दिन महिलाहरू सालडाडामा नाँचेर घर फर्किने क्रममा बाटोमा चट्याङ लागेको हो । मृतक मनिषा शाहले यस वर्ष मात्रै एसईई उत्तिर्ण हुन भने दीपा एसईई अध्ययन गर्ने विद्यार्थी हुन्। 

घाइतेलाई बोकेर अस्पताल पुर्‍याउने तयारी भइरहेको छ। स्वास्थ्य चौकी पनि टाढा भएको र इन्चार्जसमेत नभएका कारण समस्या भएको निर्वतमान वडा अध्यक्ष राजेन्द्र बुढाले बताए। घाइतेलाई दाङको विजौरी लैजाउनुको विकल्प नभएको घर्तीले बताए। 

Metro Mart
vianet

जिल्लाबाट प्रहरी, जनप्रतिनिधि र उद्धार टोली घटनास्थल तर्फ गैसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए। 

घोराहीबाट झण्डै पाँच घन्टा हिँडेर घटनास्थलमा पुग्ने भए पनि पहिँरोले सडक विग्रेकाले साधन पुग्न नसकेको प्रहरीले बताएको छ। 

दाङको घोराही उपमहानगरपालिका र रोल्पाको रुन्टीगढि गाउँपालिकाको सीमानामा पर्ने गरउँगाउँमा एक सय पचास घर परिवारको वस्ति छ। 

पहाडको खोँचमा दुर्घटना भएकाले त्यहाँ टेलिफोन सम्पर्क हुन नसक्दा पूर्ण विवरण प्राप्त हुन नसकेको प्रहरीले बताएको छ।

प्रकाशित: Aug 31, 2022| 10:29 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।