बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'प्रधानमन्त्रीले चार जात ३६ वर्णको फूलबारीलार्इ तोरीबारी बनाए'

'प्रधानमन्त्रीले चार जात ३६ वर्णको फूलबारीलार्इ तोरीबारी बनाए'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसबाट सांसद यूवा नेता गगन थापाले नेपाल चार जात ३६ वर्णको फूलबारी भए पनि यसलाई तोरीबारी बनाउन खोजिएको आरोप लगाइएको छ। 

जीपी कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले बुधबार राजधानीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक स्थिति र लोकतन्त्रमाथिका चुनौति’ विषयक अन्तरक्रियामा नेता थापाले सरकारलाई शासन गर्ने सीमा संविधानाले तोकेको भए पनि वर्तमान सरकार मनपरी ढंगले अघि बढेको आरोप लगाएका हुन्।

उनले भने, 'लोकतन्त्रको केन्द्रमा नागरिक सार्वभौम सम्पन्न हुन्छन तर यो सरकार त्यसको विपरित काम गर्दैछ। नेपाल चार जात ३६ वर्णको फूलबारी भए पनि यसलाई तोरीबारीको रुपमा व्यवहार गरिन हुन्न।'

थापाले तोरीबारीमा एउटै प्रकारका फूल हुन्छन् तर फूलबारीमा धेरै प्रकारका फूल फूल्न सक्ने बताए। उनले भने ‘लोकतन्त्रलाई कम्युनिष्ट पार्टी, सरकरा र कांग्रेसबाट पनि खतरा छ। कांग्रेस लोकतन्त्रलाई जोगाउन सच्चिनुपर्छ।’

थापाले प्रधानमन्त्री ओलीको क्षमतामाथि प्रश्न गर्दै उनको कामको आधारमा संविधानलाई सही ठाउँमा पुर्‍याउन नसक्ने देखिएको बताए। ‘प्रधानमन्त्रीको असक्षमताले सरकार असहिष्णुता र अनुदारतर्फ अघि बढ्दैछ’, उनले भने, ‘पार्टीमा गुटहरु हुनु स्वभाविक हुन तर ति गुटहरु गिरोहमा परिणत भए भने खतरा हुन्छ।’

'लोकतन्त्र खतरामा छ'

अर्का यूवा नेता प्रदीप पौडेलले  संविधान कार्यान्वनयमा प्रश्न उठ्न थालेको भन्दै जसको नीति त्यसको नेतृत्व भनिए पनि कांग्रेसको नीति संविधानमा समेटिए पनि नेतृत्व गर्न नपाएको स्वीकारे। 

उनले भने, ‘प्रधानमन्त्री ओलीले चुनावको वेला घर-घरमा पाईपबाट ग्यास, हावाबाट विजुली र रेल ल्याउने कुरा गरेर लोकप्रीयता पाए पनि सरकारको ७ महिनामै अपेक्षा अनुरुप काम गर्न नसकेको जनताको अविश्वास बढ्दैछ।’

संसदीय व्यवस्थालाई नमान्ने माओवादी र अलि अलि मानुम्ला मानुन्मला भन्ने एमाले एक भएकाले लोकतन्त्र खतरामा पुगेकोको भन्दै पौडेलले जनतासँग गरेको प्रतिबद्धता पुरा गर्न सरकारले नसकेको ठोकुवा गरे।

कांग्रेसका नेताहरुले पुरानो सोचबाट पार्टी संचालन गर्न खोजेले यसको परिपर्वत खोज्नु पर्ने आवश्यकता औंल्याए। उनले कांग्रेस प्रमुख प्रतिपक्षी भएर पनि योजनाका खाकाहरु ल्याउन नसकेको भन्दै पार्टी भित्रको सामन्तावादी संस्कारको अन्त्य गर्नु पर्ने बताए।
 
केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँ, नेपाल महिला संघकी महामन्त्री लगायतले पार्टी र सरकारको कार्यशैलीले लोकतन्त्रलाई बलियो नबनाएको गुनासो गरे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।