बिहीबार, असार ३२, २०८३

 'प्रधानमन्त्री ओली 'हिटलर' बन्दै'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली 'हिटलर' बन्‍ने प्रयासमा भएको आरोप लगाएका छन्। 
 
जीपी कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले बुधबार राजधानीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक स्थिति र लोकतन्त्रमाथिका चुनौति’ विषयक अन्तरक्रियामा नेता सिटौलाले भने, ‘ओली नेपालको संविधानलाई टेकेर प्रधानमन्त्री भएका हुन तर अहिले उनी संविधानको बिषयभन्दा बाहिर गएर हिटलर शैलीमा अघि बढिरहेका छन्। यसले दुर्घटना निम्त्याउँछ।’ 

प्रधानमन्त्री ओलीले संसद, अदालत, शैक्षिक क्षेत्रलाई नियन्त्रणमा लिने हिसावले अघि बढेको आरोप लगाउँदै सिटौलाले ओलीलाई ‘म प्रधानमन्त्री मात्र नभएर राज्य नै मै हुँ’ भनेर अघि बढेको आरोप लगाए। ‘कांग्रेसले पनि सरकारको मनपरी शैलीको किन विरोध गर्न सकेको छैन?’

पूर्वउपप्रधानमन्त्री सिटौलाले भने ‘अब यूवाहरु पनि पार्टीप्रति जिम्मेवार भएर अघि बढ्नु पर्छ। प्रधानमन्त्री ओली मनपरी ढंगले चल्न थालेकाले लोकतन्त्र र देशलाई नै खतारा भइसकेको छ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।