बिहीबार, असार ३२, २०८३

सीडीओविरुद्ध अदालत जाने तयारीमा कानून मन्त्री 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ मा मन्त्री र प्रमुख जिल्ला अधिकारीबीच सार्वजनिक विदासम्बन्धी विवाद उत्कर्षमा पुगेको छ। प्रदेश सरकारले दिएको सार्वजनिक विदा संघीय सरकार मातहतका कार्यालयले अस्वीकार गरेपछि मन्त्री र प्रमुख जिल्ला अधिकारीबीच तिक्तता बढेको हो।

प्रदेश सरकारले विभिन्न अवसरमा दिएको सार्वजनिक विदा संघीय कार्यालयले नमानेपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव प्रमुख जिल्ला अधिकारीविरुद्ध अदालत जाने तयारीमा जुटेका छन्।

पछिल्लो पटक रक्षा बन्धनको अवसरमा प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदा जिल्ला प्रशासनलगायत संघीय सरकार मातहत रहेको अदालत, राष्ट्र बैंकलगायतका कार्यालयले अस्वीकार गरेको थियो। संघीय कार्यालयहरुले विदा दिन अस्वीकार गरेपछि कानूनमन्त्री यादव आफैं राष्ट्र बैंक पुगेर कार्यालयमा ताला लगाएका थिए। यद्यपी केहिबेरमै गेटपालले ताला फुकाएको थियो।

प्रमुख जिल्ला अधिकारीले नेपालको संविधान, कानून र प्रदेश सरकारको निर्णयलाई अवज्ञा गरेको भन्दै कानूनी उपचार खोज्न अदालतमा जाने तयारी गरिएको कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए।

स्थानीय संस्कृति तथा पर्वमाथि प्रदेशमा रहेका संघीय निकायले अवहेलना गर्ने प्रयास गरेकोले कानूनी उपचारको लागि अदालत जान बाध्य भएको उनको भनाइ छ।

हालै लागू भएको मुलुकी देवानी कार्य संहिताले समेत सार्वजनिक विदासम्बन्धमा व्यवस्था गरेपनि संघीय सरकार मातहतका कार्यालयले अटेर गरेको मन्त्री यादवले बताए। 

‘पछिल्लो पटक रक्षा बन्धन पर्वको अवसरमा विदा नमानेपछि हामीले संघीय सरकारको गृहमन्त्रालयलाई परिपत्र गरेका छौँ,’ नेपाल समयसँगको कुराकानीमा मन्त्री यादवले भने,‘ प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेका विदा कार्यान्वयन गर्न उहाँहरुले आश्वासन दिनु भएको छ। आश्वासन व्यवहार नै कार्यान्वयनमा नआए हामी अदालत जान्छौँ। मुद्दाको तयारी भइरहेको छ।’

प्रदेश सरकारले अब आउने कृष्णाष्टमीको विदा कार्यान्वयन हुन्छ भन्ने जिज्ञासामा मन्त्री यादवले भने,‘विदा कार्यान्वयनका लागि हामीले छिट्टै निष्कर्ष निकाल्न भनेका छौँ। अब आउने विदाहरु कार्यान्वयन हुनेमा म विश्वस्त छु।’

यसअघि रामनवमी, जानकी नवमी, ईद, बकरईदलगायतका पर्वहरुमासमेत प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो। तर, प्रदेश सरकार मातहतका कार्यालयहरुले विदा पालना गरेपनि संघीय सरकार मातहतका कार्यालयहरुले अवज्ञा गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।