बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्राधिकरणको मुख्यालय रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन

प्राधिकरणको मुख्यालय रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन

पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडान भइरहेका हुन्।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं– सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले मुख्यालय रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। मंगलबारदेखि देशका विभिन्न भागमा चार्जिङ राख्ने कार्यक्रमअन्तर्गत ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले प्राधिकरण्को रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसन उद्घाटन गरेकी हुन्।

National life

प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाका अनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडान भइरहेका छन्। चार्जिङ स्टेसनका लागि सिभिल पूर्वाधार निर्माणको काम सम्पन्न भएपछि जडान थालिएको हो।

केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिकरणको लक्ष्य छ। प्राधिकरणले देशभरका राजमार्ग र मुख्य सहरका बसपार्क, सार्वजनिक जग्गालगायत स्थानमा चार्जिङ स्टेसन जडान गर्दै छ।

प्राधिकरणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्नेछ। खुर्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरिया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसन राखिनेछन्। काठमाडौंको साझा पुल्चोक, साझा बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेसन जोड्ने प्राधिकरणको लक्ष्य छ।

प्रकाशित: Aug 30, 2022| 14:23 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्