रुपन्देही - म्यानमारका राष्ट्रपति विन मिन्ट बुधबार करिब ४ घन्टा लुम्बिनीमा बिताए। कडा सुरक्षाकाबीच उनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुजाआजा गरे।
सो मन्दिर परिसरमा उनलाई नेपाल सरकारका मन्त्री रविन्द्र अधिकारी, मुख्य मन्त्री शंकर पोखरेल, प्रदेश प्रमुख उमाकान्त झा, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैया लगायतले स्वागत गरेका हुन्।
उनले विकास कोषले लुम्बिनीको बारेमा राखेको विफ्रीङ पनि ध्यानपूर्वक सुने। त्यसपछि उनी आफ्नै देशको सहयोगमा निर्माण गरिएको पण्डीताराम ध्यानकेन्द्र र गोल्डेन टेम्पलको समेत अवलोक गरे।
राष्ट्रपति मिन्टले होटल कसाईमा खाना खाई नेपाली सेनाको हेलीकप्टर मार्फत भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पुगे। त्यसलगत्तै बुद्ध एअरको विमानमार्फत उनी काठमाण्डौं फर्किएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...