काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ६५ पैसा र बिक्री दर १२८ रुपैयाँ २५ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९ रुपैयाँ ३३ पैसा र बिक्री दर १५० रुपैयाँ ०३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ०१ पैसा र बिक्री दर १३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६३ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ २२ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ २२ पैसा र बिक्री दर ९ रुपैयाँ २७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४५ पैसा र बिक्री दर १८ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९९ पैसा र बिक्री दर ३४ रुपैयाँ १५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ९३ पैसा र बिक्री दर ३५ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४७ पैसा र बिक्री दर ९ रुपैयाँ ५१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर