बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कट्‍टुमा लुकाएर ल्याएको ब्राउनसुगरसहित ५ जना नियन्त्रणमा

कट्‍टुमा लुकाएर ल्याएको ब्राउनसुगरसहित ५ जना नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले १५.६ ग्राम ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ। 

ब्राउन सुगरलाई कट्टुमा लुकाएर सुर्खेततर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले सुब्बाकुनाबाट उनीहरुलाई प्रक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर–३ का रमेशकुमार मल्ल, समिर थापा, यज्ञ सुनार र वीरेन्द्रनगर ४ का सन्तोष बस्याल र वीरेन्द्रनगर १ का डम्मरबहादुर भण्डारी रहेका छन्।
 
‘नेपालगञ्जबाट सुर्खेततर्फ ल्याउँदै गरेको अवस्था १५.६ ग्राम ब्राउन सुगर सहित ५ जनालाई प्रक्राउ गरौँ’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बशन्त राजौरेले भने ‘उनीहरु चेकिङकाक्रममा एकै दिन पक्राउ परेका हुन्।’

रजौरेका अनुसार प्रक्राउ परेका मध्ये बस्याल र भण्डारीले स्ल्याक्स कट्टुमा लुकाएर ९ ग्राम ६ सय ९० मिलिग्राम ब्राउन सुगर ल्याएका थिए। त्यस्तै मल्लको साथबाट २ ग्राम ७ सय ८० मिलिग्राम, थापा र सुनारबाट ३ ग्राम १ सय ३० ग्राम मोटर राइकिलको लुकिङ ग्यासमा लुकाएर ल्याउँदै गर्दा पक्राउ गरिएको हो।

यसैबिच जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषद कारोबार नियन्त्रणमा उत्कृष्ठ काम गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक महिनाको १० गते पुरस्कृत गर्ने भएको छ। लागु औषद नियन्त्रणका लागि यस्तो पुरस्कारको घोषणा गरेको एसपी रजौरेले जानकारी दिए। पुरस्कारको राशी पछि तोकिने छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।