बुधबार, जेठ २७, २०८३

८५ दिनमा भारततर्फ ६ अर्बको बिजुली निर्यात

प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले भारतमा ८५ दिनमा ६ अर्बको बिजुली निर्यात गरेको छ। प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ। 

National life

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वर्षदेखि ६ सय मेगावाट बिजुली निर्यात गर्ने बताएका छन्। ‘घिसिङले ८५ दिनमा करिब ६ अर्ब रुपैयाँको बिक्री गर्न सफल भएका छौँ, चालु वर्ष करिब १५ अर्बको निर्यात हुनेछ,’ घिसिङले भने। प्राधिकरणले गत वर्षदेखि ३९ मेगावाटको निर्यात सुरु गरेर यस वर्षदेखि ३६४ मेगावाट बिजुली भारतमा निर्यात गरिरहेको समेत बताए। 

ढल्केबर-मुजफपुर अन्तरदेशीय प्रसारण लाइनबाट ६ सय मेगावाटसम्म बिजुली बिक्री गर्न सक्ने बताउँदै उनले दुई देशबीच सात वटा १३२ केभीका प्रसारण लाइन रहेकोले त्यहाँबाट थप ८ सय तथा अरुण तेस्रो जलविद्युत आयोजनाले निर्माण गर्ने अन्तरदेशीय प्रसार लाइनबाट पनि बिजुली निर्यात गर्न सकिने घिसिङले बताए। ‘तल्लो अरुण नबनेसम्मका लागि अरुण तेस्रोको प्रसारणलाईनबाट बिजुली भारत निर्यात गर्न माग गरेका छौ,’ घिसिङले भने। 

नेपालमा खपत २५ प्रतिशतले बढ्दा उत्पादन ५० प्रतिशतले बढेकोले निकट भविष्यमै भारतमा धेरै बिजुली निर्यात हुने दाबी घिसिङको रहेको छ। 

भारतमा थपिँदै बिजुली निर्यात 
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। 

Shivam cement

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ। 

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ। गत आव २०७८/७९ मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो। ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ।  

गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको  कुल ७३५ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो। नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ। 

प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो। केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुने छ। 

प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला,  २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको छ। 

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ। 

प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ छ। एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।

प्रकाशित: Aug 30, 2022| 06:25 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्