बुधबार, जेठ २७, २०८३

मेगा क्यापिटलको तीज अफर

मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि छुट सहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९
National life
Shivam cement

काठमाडौं- मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि छुट सहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ।  उक्त सेवाले नारीहरुको आत्मनिर्भरताका लागि शेयर बजारमा लगानी गरी भविष्य सुनिश्चित गर्न टेवा पुर्याउने कम्पनीले जनाएको छ। 

पर्याप्त समय दिन असमर्थ हुँदा वा शेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यवसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन्।  उक्त सेवा न्युनतम ३ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ। विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च रहेको कम्पनीले जनाएको छ।

उक्त सेवा आइतबार देखी असोज १२ सम्म लागू हुनेछ। यस सेवामा एएमएस पूर्ण रुपमा निशुल्क हुनेछ। सो सेवा आफूसँग भएको शेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिनेछ पीएमएस को सम्पूर्ण जानकारी अनलाइन मार्फत वा प्रत्यक्ष भेटघाटबाट गराईने जनाएको छ।

प्रकाशित: Aug 29, 2022| 17:58 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्