बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामसङ र त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङबीच सम्झौता

सामसङ र त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङबीच सम्झौता

सामसङ र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ। सामसङले प्राविधिक सीपहरूमा तालिम दिन उक्त संस्थानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- सामसङ र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ। सामसङले प्राविधिक सीपहरूमा तालिम दिन उक्त संस्थानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो।

National life

सामसङले नेपाली युवाहरूलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेटअफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ। यसको विश्वव्यापी सीएसआर योजना सामसङ इनोभेसन क्याम्पसको एक भागको रूपमा काम गर्ने कम्पनीले बताएको छ।

उक्त तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउने बताइएको छ। सामसङ इनोभेसन क्याम्पस योजना अन्तर्गत यसलाई हेरिएको छ। जसले युवाहरूलाई वास्तविक कार्यगत सीपहरू र मागअनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ। 

साथै उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा पनि सुधार गर्ने जनाइएको छ। सामसङका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ श्रीकेन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले समझदारी पत्र आदानप्रदान गरेका थिए। 

प्रकाशित: Aug 29, 2022| 17:48 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्