बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘आइसिटी अवार्ड २०२२’ को नोमिनेशन बुझाउने बुधबार अन्तिम दिन

‘आइसिटी अवार्ड २०२२’ को नोमिनेशन बुझाउने बुधबार अन्तिम दिन

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) बुझाउने अन्तिम दिन बुधबार रहेको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) बुझाउने अन्तिम दिन बुधबार रहेको छ।

National life

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड‘ पनि आयोजना हुनेछ। यसैगरी नेपालको लागि स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरु रहेको छ।

प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन्। यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन्। अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी (ष्अतबधबचम।यचन) वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम बुझाउनुपर्ने हुन्छ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ। यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना हुनेछ। विभिन्न १२ विधामा हुने छनौट प्रकृयाको लागि १२ जना विज्ञ जुरी सदस्य र १५ बढि विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ।


प्रकाशित: Aug 29, 2022| 16:52 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्