शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विश्वकै सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक

विश्वकै सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ।

इको चार्जिङ ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो। यसले इभी चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ।

कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी गर्दै आएको छ। यसले सवारी साधान चार्ज गर्न सजिलो हुने छ। इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्न सकिने छ। कम्प्याक्ट चार्जरमा १ वर्षको वारेन्टी रहेको छ। यसको मूल्य ८५ हजार रुपैयाँ रहेको छ।


प्रकाशित: Aug 29, 2022| 16:50 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्