बुधबार, जेठ २७, २०८३

धनगढीमा टिभिएसको 'एओजी राइड'

धनगढीमा टिभिएसको अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न भएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- धनगढीमा टिभिएसको अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न भएको छ। टिभिएसले आफ्नो ग्राहकको लागि एओजी नामक अपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ।

National life

टिभिएसले शनिबार धनगढीको वागेश्वरी अटोमोटिभ्सदेखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित उक्त राइड अन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए।

उक्त कार्यक्रम अन्तर्गत राइडमा युटुवर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटकर लोकेश ठकुरी लगायतको सहभागीता थियो। उनीहरूले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी व्यक्त गरे।  उनीहरूले राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारी समेत मिलेको बताए।

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ। उक्त कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको कम्पनीले बताएको छ।


प्रकाशित: Aug 29, 2022| 16:49 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्