शुक्रबार, असोज ९, २०८३

ग्लोबल आइएमई बैंकको 'तीज क्यासब्याक योजना'

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा तीज क्यासब्याक योजना सार्वजनिक गरेको छ। बैंकले महिला ग्राहकहरूलाई लक्षित गरी उक्त योजना सार्वजनिक गरेको हो।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा तीज क्यासब्याक योजना सार्वजनिक गरेको छ। बैंकले महिला ग्राहकहरूलाई लक्षित गरी उक्त योजना सार्वजनिक गरेको हो। 

यस क्यासब्याक योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक पाइने बैंकले बताएको छ।  'नारी बचत' तथा 'नारी शक्ति बचत' खाता रहेका महिलाहरूले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्युआर मार्फतको भुक्तानीमा क्यास ब्याक पाउने बैंकले बताएको छ। 

मोबाइल बैंकिङ एप्लिकेशन, क्युआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले उक्त योजना सार्वजनिक गरेको हो। बैंकले मुलुकका ७७ वटै जिल्लामा २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित: Aug 29, 2022| 16:48 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्