जाकर्ता- इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदको १२ औं दिनमा नेपालले पदक हात पारेको छ।
बुधबार भएको पुरुष टिम क्रस कन्ट्री इभेन्टमा नेपालका सबै खेलाडीले टास्क पूरा गर्दै प्याराग्लाइडिङमा रजत पदक पक्का गरेका हो।
क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए। शीर्ष स्थान रहेको जापानका दुई खेलाडीले टास्क पुरा गर्न सकेनन्। नेपालले यसअघिका एसियाडमा तेक्वान्दो, बक्सिङ र करातेबाट गरी २३ पदक जित्न सफल भएको थियो। पाँचौ राउन्डको खेल सकिदा नेपालले ८ हजार ५ सय ९१ अंक जोडेको छ।
पहिलो स्थानमा रहेको जापान भन्दा नेपाल ७ सय ६८ अंकले पछि छ। जापानको कुल ९ हजार ३ सय ५९ अंक छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको ८ हजार अंक छ। प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुनेछन्।
उनीहरुलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् । टिममा बिमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र बिशाल थापा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४