बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्यानमारका राष्ट्रपतिलाई रोहिंग्याबाट जोगाउन लुम्बिनीमा चार तहको सुरक्षा

म्यानमारका राष्ट्रपतिलाई रोहिंग्याबाट जोगाउन लुम्बिनीमा चार तहको सुरक्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लुम्बिनी- म्यानमारका राष्ट्रपति विन मिन्टले बुधबार लुम्बिनीको भ्रमण गरेका छन्। त्यस क्रममा उनलाई ‘रोहिंग्या’बाट सुरक्षा खतरा हुने आकलन गर्दै चार तहको सुरक्षा व्यवस्था गरिएको थियो। राष्ट्रपति मिन्टको भ्रमणका क्रममा कुनै अवरोध नआएको प्रहरीले जनाएको छ। 

उनलार्इ बुद्धजन्मस्थल लुम्बिनीमा नेपाल सरकारका तर्फबाट भव्य स्वागत गरिएको छ। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश प्रमुख उमाकान्त झालगायतले उनको स्वागत गरे। बुद्ध एयरको विमान चार्टर्ड गरेर उनी ३६ जनाको टोलीसहित भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका थिए। विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टरबाट १६ जनाको टोली लुम्बिनी पुगेको थियो। बाँकी २० जना भने गाडीबाट बुद्ध जन्मस्थल पुगेका थिए। लुम्बिनीबाट काठमाडौं फर्किंदा पनि त्यसरी नै उनको सवारी चलाइएको थियो। 



लुम्बिनीस्थित हेलिप्याडमा अवतरणपछि ठीक ११ बजे राष्ट्रपति मिन्टले मायादेवी मन्दिरमा पूजाआजा गरेका थिए। मन्दिर परिसरमा मन्त्री अधिकारीले स्वागत गरेका थिए। त्यस क्रममा लुम्बिनीबारे संक्षिप्त जानकारी पनि गराइएको थियो। सोही अवसरमा नेपालका तर्फबाट बुद्धको प्रतिमा उपहारस्वरूप प्रदान गरिएको थियो। 

मायादेवी मन्दिरमा पूजाआजा र बिफ्रिङ सुनेपछि उनी म्यानमार सरकारले निर्माण गरेको पण्डिताराम ध्यानकेन्द्र पुगेका थिए। त्यसपछि म्यानमार सरकारले नै निर्माण गरेको गोल्डेन टेम्पलको समेत अवलोकन गरेका थिए। राष्ट्रपति मिन्टसँग म्यानमारका विशिष्ट व्यक्तित्व पनि सहभागी थिए। लुम्बिनी विकास कोषका मुख्य प्रशासकीय अधिकृत ज्ञानिन राईका अनुसार होटल कासाइमा भोजन गरी राष्ट्रपति मिन्ट काठमाडौं फर्केका छन्। 

राष्ट्रपतिको भ्रमण क्रममा पनि सीमित सञ्चारमाध्यमलाई मात्र रिपोर्टिङ अनुमति दिइएको थियो। राष्ट्रपति मिन्ट बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका पहिलो भीभीआर्इपी पाहुना हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।