काठमाडौं–अबैध रुपमा अमेरीकी डलरको कारोबारमा संलग्न दुईजनालाई महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरानका ३५ बर्षीय अमर बिक तथा रुकुम सिस्ने का २९ बर्षीय धनबहादुर खड्का छन ।
पक्राउ परेका उनिहरुको साथबाट ६१ हजार छ सय २० अमेरीकी डलर बरामद गरिएको छ ।
लामो समयदेखि अमेरीकी लगायत विदेशी डलरको अबैध कारोबार ओसार पसार गरेको विशेष सुराकीको आधारमा पक्राउ गरिएको परिसरका प्रबक्ता प्रहरी उपरिक्षक रामदत्त जोसीले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४