काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी सिजि नेटले स्काइकमसँगको सहकार्यमा बहुप्रतिक्षीत आइपिटिभी सेवा सिजिनेट जोडी योजना सुरु गरेको छ।
सिजि नेटले ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै मनोरञ्जन दिने उद्देश्यले कम्पनीले आइतबारदेखि सिजिनेट ‘मेगा जोडी’ र सिजिनेट ‘ग्रान्ड जोडी’ अफर सुरु गरेको हो। सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सिजिनेट र आइपिटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन्।
आइपिटिभीअन्तर्गत २५७ च्यानल उपलब्ध हुनेछन्। भने ती च्यानलमध्ये १ सय २५ वटा एचडि र १३२ वटा एसडि च्यानल हुनेछन्। तीमध्ये ५० भन्दा बढी इन्टरटेनमेन्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पोर्टस च्यानललगायतका च्यानलहरु हुनेछन्।
यस्तै, यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जि नेटवर्कलगायत छन्। सिजिनेटले आफ्ना ग्राहकहरुका लागि न्युन शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा सुरु गरेको हो।
सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन्। स्प्रिन्टर जोडी (८० एमविपिएस प्लस आइपिटिभी) को प्रतिमहिना ८ सय १०, पपुलर जोडी (१ सय ५५ एमविपिएस प्लस आइपिटिभी) को १ हजार ५५ र रकस्टार जोडी (३ सय ५ एमविपिएस प्लस आइपिटिभी) को प्रतिमहिना १३ सय ७४ शुल्क लाग्नेछ।
त्रैमासिक योजना अनुरुप स्प्रिन्टर जोडी ८० एमविपिएसको साथमा आइपिटिभीको २ हजार ६ सय ४०, पपुलार जोडी एमविपिएसको साथमा आइपिटिभीको ३ हजार ७ सय ५० र रक स्टार जोडी ३ सय ५ एमविपिएसको साथमा आइपिटिभीको ९ हजार ७ सय २० शुल्क लाग्ने छ।
यस्तै, वाार्षिक योजनाअनुरुप स्प्रिन्टर जोडी ८० एमविपिएसको साथमा आइपिटिभीको ९ हजार ७ सय २०, पपुलर जोडी एमविपिएसको साथमा आइपिटिभीको १२ हजार ६ सय ६० र रक स्टार जोडी ३ सय ५ एमविपिएसको साथमा आइपिटिभीको १६हजार ४ सय ८८ शुल्क लाग्ने छ।
यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ। सेटअप बक्सका लागि ग्राहकले एक पटक २ हजार ६ सय शुल्क तिुर्नुपर्ने छ। त्यस्तै, सिजिनेटले बदलिँदो समयअनुरुप निरन्तर उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने कम्पनीले जनाएको छ।
सिजी डिजिटलले सिजि नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफरअन्तर्गत ग्राहकले दुई फरक स्किम प्राप्त गर्न सक्नेछन्। जसमा ग्राहकले ८० एमविपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी ३५ हजार ९ सय ९९ मा र ८० एमवीपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी २५ हजार ४ सय ९९ मा प्राप्त गर्न सक्नेछन्।
ग्राहकले यी जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेबसाइट, फोन सम्पर्क वा दराज अनलाइनमार्फत प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, वुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमूख शहरहरुबाट यो सेवा सुनिश्चित गरिसकेका छन्।