बुधबार, जेठ २७, २०८३

पिपुल्स पावरको आईपीओ बाँडफाँट, १४ लाखको हात खाली

पिपुल्स पावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयले आईपीओ बाँडफाँट भएको जनाएको हो।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९
National life
Shivam cement

काठमाडौं- पिपुल्स पावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयले आईपीओ बाँडफाँट भएको जनाएको हो।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म आईपीओ खुला गर्दै २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको थियो।  जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ।

आईपीओमा १६ लाख ३१ हजार ३८ जनाको आवेदन दिएका थिए। सर्वसाधारणका लागि २२ लाख ९४ हजार ६ सय ८२ कित्ता आईपीओ निष्कासन भएको थियो। आवेदकमध्ये २ लाख २९ हजार ४ सय ६६ जनाले १०/१० कित्ता र २ जनाले ११/११ कित्ता पाएका हुन् ।

प्रकाशित: Aug 28, 2022| 17:30 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्