काठमाडौं- रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यस वर्षको दशैं तिहारलाई लक्षित गरी गोडरेजको "क्यास सर्प्राइज" नामक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
ग्राहकले यो योजनाको लाभ भाद्र ९ गतेदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीले जनाएको छ। ग्राहकले हरेक गोडरेजको सामानको खरिदमा २६ % सम्मका अधिकतम छुट र आकर्षक उपहारहरु पाउन सक्ने छन्।
फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ३ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पनि पाउन सकिनेछ भने सेमी अटोमेटिक वाशिङ मेसिनको खरिदमा २ केजी सर्फ एक्सेल म्याटिक वाशिङ पाउडर पाउनुका साथै माईक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ। त्यस्तै गरी रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ।
साथै एसीमा आकर्षक छुट र रु ४,००० बराबरको नि:शुल्क एसि जडान सुबिधा पाउन सकिनेछ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। नेपालभर गोडरेजको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धरा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।