काठमाडौं- लियो जिल्ला परिषद् ३२५ आर नेपाल, क्षेत्र नम्बर १ ले आफ्नो आगामी कार्यक्रम जिल्ला परिषद् पदाधिकारीहरुको पदस्थापना तथा प्रथम काउन्सिल बैठकमा उपस्थित हुने सहभागीहरुको दर्ता प्रक्रियाको लागि नमस्ते पे सँग सम्झौता गरेको छ।
भदौ ९ गते भएको सम्झौतामा आयोजकको तर्फबाट कार्यक्रम संयोजक लियो दिपेश तिखात्री र लियो प्रतीक लम्सालले तथा नमस्ते पे को तर्फबाट बिजनेस हेड स्वेता वाग्ला गर्ग र रेजिना काफ्लेले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए।
भदौ २५ गते काठमाडौंमा हुन गइरहेको कार्यक्रममा काठमाडौं उपत्यकालगायत चितवन, नवलपरासी, तनहुँ जिल्लाबाट ३०० जना युवाको सहभागिता रहनेछ ।