शुक्रबार, असोज ९, २०८३

नेपाल पे क्युआरबाट प्रतिमहिना १.५ करोडको कारोबार

असार र साउनमा नेपाल पे क्यूआरबाट प्रति महिना कारोबार लगभग १.५ करोड रुपैयाँ पुगेको छ।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- असार र साउनमा नेपाल पे क्यूआरबाट प्रति महिना कारोबार लगभग १.५ करोड रुपैयाँ पुगेको छ।

विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपालपे क्यूआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टहरुलाई इनरोल गर्ने काम भइरहेको कम्पनीले जनाएको छ। हाल विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आइपीएस मोबाइल एपमार्फत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ। 

उक्त सुविधा हाल एभरेष्ट, हिमालयन, माछापुच्छ्रे, मेगा, एनआइसी एसिया, सानिमा, सनराइज, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलकम प्रा.लि गरी ११ वटा मोबाइल बैंकिङ एप, एउटा वालेट तथा कनेक्ट आइपीएस मोबाइलएपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

नेसनल पेमेन्ट स्वीचअन्तर्गत उक्त सेवा सुचारु गर्न ५२ बैंक तथा वित्तीय संस्था र १३ भुक्तानी सेवाप्रदायकले सम्झौता गरिसकेका छन्। साथै नेपाल पे क्यूआरको पूर्वाधारमा विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकहरुले व्यवसायिक संस्थाहरुलाई मर्चेन्टको रुपमा आबद्ध गरी क्यूआरमार्फत भुक्तानी प्राप्त गर्ने सेवाको पनि थालनी गरेको बताइएको छ।

नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।


प्रकाशित: Aug 28, 2022| 16:26 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्