शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगन्जको कल्पतरु होटेलमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगन्जको कल्पतरु होटेलमा छुट

सिद्धार्थ बैंक लिमिटेड र नेपालगन्जस्थित कल्पतरु होटेल एन्ड कौशिकी बैंकेटबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड र नेपालगन्जस्थित कल्पतरु होटेल एन्ड कौशिकी बैंकेटबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगन्ज शाखा प्रमुख किरण राणामगर तथा कल्पतरु होटेल एन्ड कौशिकी बैंकेटका तर्फबाट प्रबन्ध निर्देशक कन्हैया लाल वैश्यले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका ग्राहकले कल्पतरु होटेलमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङमार्फत होटेल बसाइ तथा पेयपदार्थ सेवाको भुक्तानी गर्दा ३०% सम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।


प्रकाशित: Aug 28, 2022| 15:40 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्