काठमाडौं– वेरेवल तथा मोबाइल एक्सेसोरिज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ। केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्याएको हो।
अमेरिकाको क्यालिफोर्नियामा शोध तथा अनुसन्धानशाला स्थापना गरी आफ्ना उत्पादनहरुको डिजाइन गर्दै आएको रिभरसङ मोबाइल एक्सेसोरिज बजारको एक विश्वासिलो ब्राण्ड हो। विश्वका ६० भन्दा बढी मुलुकमा विक्री वितरण भइरहेको रिभरसङ सन् २००० मा चीनको सेन्जेनमा स्थापना भएको थियो। २०१७ मा अमेरिकामा शोध तथा अनुसन्धान केन्द्रको स्थापना गरेपछि एग्रेसिभ ब्राण्डिङमा अग्रसर भएको रिभरसङ सन् २०१६ मै भारतीय बजारमा लन्च गरिएको थियो। आईएमजी टेक्नोलोजी ग्रुपको लाईफस्टायल ब्राण्डको रुपमा रहेको रिभरसङका वायरलेस इअर बड्स तथा स्मार्टवाच लिएर नेपाली बजारमा प्रवेश गरेको हो।
काठमाडौंको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै रिभरसङले नेपाली बजारमा औपचारिक रुपमा प्रवेश गरेको घोषणा गरेको हो। नेपालको लागि अधिकृत विक्रेता तोकिएको केमियो इन्टरनेशनलका सहसंस्थापक उपेन्द्र साहले एक गुणस्तरीय ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाएकोमा खुशी ब्यक्त गरे। अर्का सहसंस्थापक राज गुप्ताले रिभरसङले नेपाली मोबाइल एक्सेसोरीज बजारमा नयाँ छाप छोड्ने विश्वास व्यक्त गरे। रिभरसङ इण्डियाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्र कुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दो क्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार हासिल गर्ने अपेक्षा व्यक्त गरे भने नेपाली बजारमा रिभरसङको ब्राण्ड सचेतना र विकासका लागि कुनै पनि किसिमको सम्झौता नगरिने बताए।
रिभरसङले हाल नेपाली बजारमा छ स्मार्टवाच र चार इअरवड्स सार्बजनिक गरेको हो। अफलाईन डिस्ट्रिब्युसन च्यानल प्रयोग गरी नेपाली उपभोक्तामाझा सहज उपस्थिती जनाउने योजना बनाएको केमियोले केहि विशेष उत्पादनहरुलाई दराज, सस्तो डिल, ग्यापु लगायतका अनलाईन प्लेटफर्म बाट समेत लन्च गर्ने भएको हो। प्रतिस्पर्धी मूल्य र गुणस्तरीय उपभोक्ता सेवालाई आफ्नो प्राथमिक लक्ष्य बनाएको केमियोले रिभरसङका सबै उत्पादनहरुमा एक वर्षको वारेन्टी प्रदान गरेको छ भने विक्री पश्चातको सेवामा कुनैपनि सम्झौता नगरिने प्रतिबद्धता व्यक्त गरेको छ।
केमियो इन्टरनेशनलले रिभरसङका ग्याजेट तथा एक्सेसोरिजहरुको विक्री पश्चातको सेवा प्रदान गर्नका लागि काठमाडौंको बालाजुमा एक विशेष सेवा केन्द्र संचालनमा ल्याएको छ भने चाईनाटाउन, बाघदरबारमा समेत ग्राहकहरुले विक्री पश्चातको सेवा प्राप्तिका लागि सम्पर्क गर्न सकिने जनाएको छ।