काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ थियो।
आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ। गत साताको शुक्रबार सुनको मूल्य स्थिर कायम भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ। गत साताको शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ११ सय ६० रुपैयाँ कायम छ।