बिहीबार, असार ३२, २०८३

राष्ट्रियसभाका समिति सभापतिले लिए सपथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- राष्ट्रियसभामा गठन भएका चार समितिका मध्ये तीन समितिका सभापतिले बुधबार पद तथा गोपनियताको सपथग्रण गरेका छन् । बुधबार आयोजित एक कार्यक्रमकाबीच समिति सभापतिहरूलार्इ राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

सपथग्रहण कार्यक्रममा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा नेकपाको तर्फबाट सभापति बनेकी पार्वती रावल, प्रत्यायोजित ब्यबस्थापन तथा सरकारी आश्वासन समितिमा सभापति बनेका नेकपाकाकै रामनारायाण बिडारी, विधायन ब्यबस्थापन समितिमा सभापति भएका नेकपाका परशु मेघी गुरुङले पद तथा गोपनियताको सपठ्ठ लिएका छन् ।

मंगलबार निर्विरोध रूपमा गठन भएका समिति मध्ये नेपाली कांग्रेसको भागमा परेको दीगो विकास समितिमा भने प्राविधिक कारणले उम्मेद्वार तय गर्न नसक्दा केही समय पछि मात्र निर्वाचनका तयारी गरिएको छ । सो समितिमा सभापतिका लागि शिफारिस भएकी तारादेवी भट्ट राष्ट्रिय सरकार समितिका सदस्य हुन । उनी सो समितिको जेष्ठ सदस्य पनि हुन् । उनलाई  सरोकार समितिको बैठक बसेर दिगो विकासमा सारेपछि सभापति बन्ने स्रोतले बतायो ।  

अब बस्ने सरोकार समितिको अध्यक्षता जेष्ठ सदस्यका हिसाबमा भट्टले गर्ने छन्। बैठकले उनलाई  दीगो विकास समतिमा सारिने छन भने सरोकार समितिमा कांग्रेसको तर्फबाट अर्को सदस्य पठाईने छ। 

मंगलबार ३ वटा समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी परेकोले निर्विरोध चयन भएका हुन । कांग्रेसको भागमा परेको समितिले भने केहि समयमा पूर्णता पाउँनेछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।