बुधबार, जेठ २७, २०८३

पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना’

काठमाडौंका विभिन्न स्थानमा सञ्चालित पाँचवटा सहकारी एक आपसमा मर्ज हुने भएका छन्। शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाचैवटै सहकारीबीच सम्झौता भएको हो।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौ- काठमाडौंका विभिन्न स्थानमा सञ्चालित पाँचवटा सहकारी एक आपसमा मर्ज हुने भएका छन्। शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाचैवटै सहकारीबीच सम्झौता भएको हो। 

National life

आइडल यमुना बहूद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहूद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एक आपसमा मर्ज हुने सम्झौता गरेका हुन्। 

मर्जपछि संस्थाको कारोबार झण्डै १० अर्ब रुपैयाँ पुग्ने छ। संस्थाका अनुसार मर्जपछि बन्ने संस्थाको बचत ५ अर्ब ६३ करोड ७० लाख ८ हजार ५९७ रुपैयाँ, ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ रुपैयाँ ऋण तथा लगानी पुग्नेछ। त्यस्तै संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख ७५ हजार १९६ रुपैयाँ पुग्ने पनि संस्थाले जनाएको छ। 

सम्झौता अनुसार मर्जभएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था ली’ बन्नेछ भने अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुख कुयाङ लामा रहने सम्झौता भएको छ। 

त्यस्तै मर्जपछि सहकारी संस्थाको शेयरपुँजी ३० करोड ८१ लाख २२ हजार ५०० रुपैयाँ, सदस्य संख्या ३५ हजार २० जना पुग्नेछन् भने ऋणी सदस्य संख्या ६ हजार ८५८ जना पुग्ने संस्थाले जनाएको छ। त्यस्तै मर्जपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार ९८२ रुपैयाँ र कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार ८९८ रुपैयाँ पुग्ने संस्थाले जनाएको छ। त्यसैगरी संस्थाको तरलता रकम १ अर्ब १३ करोड ९८ लाख ८७ हजार ८१७ रुपैयाँ र २४.५८ प्रतिशत रहने संस्थाले जनाएको छ। 

Shivam cement

मर्ज सम्झौता कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले विभिन्न ठूला सहकारीहरूले दिएको सेवाको उदाहरण दिँदै जति ठूलो सहकारी उति धेरै सेवा पाउने सक्ने दाबी गरे। त्यसैगरी उनले नगरपालिकाभित्रका वित्तीय सहकारी कारोबार गर्ने सहकारीको दर्ता बन्द गर्नुपर्ने धारणा राख्दै नीतिगत रूपमा बहस पैरवी गर्नका लागि महासंघ निरन्तर लागिरहेको दाबी गरे। 

त्यस्तै उनले अन्य संस्थाहरूले पनि एकीकरण अभियानलाई निरन्तरता दिनुपर्ने, सञ्चालकहरूले पनि सदस्यको पैसामा रजाइँ नगरी सदस्यहरूको हितमा काम गर्नुपर्ने बताए। 

सोही कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीहरूमा बचत फिर्ताको समस्या नआएको दाबी गर्दै बैंक तथा वित्तीय संस्थाले अफवाह फैलाएको दाबी गरे। 

उनीहरूले सहकारीहरू टोलटोलमा गएका कारण बचत जति सहकारीमा जान लागेकाले बैंक तथा वित्तीय संस्थाले कृत्रिम अभाव देखाएर अफवाह फैलाएको दाबी गरे। उनले नेपालभर रहेका सहकारी संस्थाहरूमध्ये १ प्रतिशत भन्दा कम सहकारीमा मात्र समस्या रहेको दाबी गर्दै वित्तीय व्यवस्थापन नजाने र वा ऐन नियमनको कार्यान्वयन गर्न नसकेका कारण त्यस्ता संस्थाहरूमा समस्या देखिएको जनाए। 

त्यस्तै उनले सहकारीलाई राज्यले नै गलत नियतले हेर्ने गरेको बताउँदै सहकारीलाई पर्याप्त तरलता राखेर ठूलो कर्जा नदिन पनि आग्रह गरे। त्यस्तै उनले सहकारीहरू समस्यामा नपरुन् भनेर सहकारी बैंकले तीन अर्ब रुपैयाँ बराबरको तरलता कोषको पनि स्थापना गरेको जानकारी दिए। 

त्यसैगरी बाग्मती प्रदेशका रजिस्टार नारायण ज्ञवालीले सहकारी अभियानमा बिचौलिया घुसपैठ हुँदा समस्यामा आएको बताउँदै एकताबद्ध भएर यो समस्याको डटेर समाधान गर्न पनि आग्रह गरे। 

त्यस्तैगरी उनले कतिपय सहकारीहरूले कार्यक्षेत्र बढाउने, सेवा केन्द्र बढाउने मात्र उद्देश्यका साथ मर्ज गर्ने गरेको उदाहरण दिँदै शनिवार भएको पाँच वटा सहकारीको एकीकरण भने गुणस्तरीय सहकारी अभियान निर्माणका लागि भएको देखिएको दाबी गरे। 

उनले यो एकीकरणबाट अन्य सहकारी सङ्घसंस्थाहरूले पनि सिक्न जरुरी रहेको बताए। 

सोही कार्यक्रममा मर्जपछि बन्ने  ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लीका प्रस्तावित अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी कुयाङ लामाले सहकारीप्रति सदस्यहरूको विश्वासलाई कायम राख्दै थप सबल तथा बलियो संस्था बनाउनका लागि सदस्यहरूको अनुमतिमा मर्ज गर्ने निर्णय गरेको बताए। 

त्यस्तै उनीहरूले मर्जरले संस्थागत सुशासनलाई बलियो बनाउने, सञ्चालन खर्च तथा अन्य खर्च कम गर्ने, सदस्यहरूको विश्वास बढाउने, सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने, दोहोरो सदस्यता हटाउने, कर्जाको गुणस्तर बढाउने र थप इनर्जीसहित प्रभावकारी र चुस्त व्यवस्थापनको निर्माण गर्न मद्दत पुग्ने अपेक्षा लिएको पनि दाबी गरे।

प्रकाशित: Aug 28, 2022| 09:10 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्