बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन्।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन्।

National life

शनिबारदेखि थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘नेपालमा लगानीको वातावरण छ। यहाँ अनगिन्ती अवसरहरु छन्। प्रकृतिले हामीलाई संसारकै धनी बनाइदिएको छ। त्यसैले अहिले जहाँ जेसुकै काममा रहेका भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ। त्यसका लागि हामीले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सिप र पुँजी हाम्रै नेपाली आमाका लागि खर्चिनुपर्छ।’

ढकालले संकटमा सबैलाई आफ्नो जन्मस्थानको चिन्ता र चाँसो रहने हुँदा अहिलेदेखि नै नेपालको विकास, सम्मृद्धि र समुन्नतिका लागि काम गर्न आह्वान गरे। ‘कोरोना महामारीको पहिलो लहरका बेला हामी अब त संसार नै सखापै हुन्छ कि भन्ने त्रासमा थियौँ। त्यतिबेला विभिन्न कारणले विदेशमा रहेका कैयौँ नेपालीहरु घर फर्किने भनेर नेपाल फर्किनुभएको थियो। ती दृष्टान्तहरु देख्दा सुन्दा लाग्थ्यो हामी अहिले जहाँ जुन रुपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ। आफ्नो जन्मस्थान नै सबैको प्यारो हुने रहेछ,’ उनले भने।

गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप तथा पुँजीको ठूलो महत्व रहने बताउँदै ढकालले त्यसको केही प्रतिशत भए पनि अहिलेदेखि आफ्नो जन्मस्थानको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरे। ‘हामीले जुन सिप वा प्रविधि सिकिरहेका छौँ त्यसलाई पनि हाम्रो देशको विकासमा लगाउँ। संसारको कुनाकाप्चामा पुगेर हामीले प्राप्त गरेको सिप या प्रविधिलाई हाम्रो देशको विकासमा लगाउँ। यसले मुलुकको काँचुली फेर्न सघाउ पुर्‍याउँछ। सम्मृद्धि हासिल गर्न सघाउँछ,’ उनले भने।

गैरआवासीय नेपाली र नेपाल उद्योग वाणिज्य महासंघको पारिवारिक सम्बन्ध रहेको बताउँदै ढकालले गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा महासंघको तर्फबाट सहजीकरण गर्न आफुहरु तयार रहेको बताए।

Shivam cement

प्रकाशित: Aug 27, 2022| 20:00 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्