काठमाडौं– एसियन कप क्रिकेट छनोट खेली रहेको नेपालले ओमनसंग प्रतिस्पर्धा गरिरहेको छ । जारी खेलमा नेपालले एक सय रन पुरा गरेको छ । ३७ ओभरको समाप्तिमा ४ विकेट गुमाउदै १२० रन पूरा गरेको हो ।
सागर पुन र आरिफ सेखको जोली अहिले क्रिजमा छ । सागरले ५६ बल खेल्दै ३६ रन जोडेका छन । उनले चार चौका प्रहार गर्दै ३६ रन जोडे । त्यस्तै आरिफले ५५ बल खेल्दै दुई चौकाको मद्दतमा २० रन जोडेका छन ।
उपकप्तान ज्ञनेन्द्र मल्ल अर्धशतक बनाउनबाट ५ रनले चुके । मल्लले ६० बलमा ६ चौका र एक छक्काको मद्दतमा ४५ रज जोड्दै आउट हुन पुगे । मल्ल पछि मैदान छिरेका दिपेन्द्र सिंह ऐरि १६ बलमा ९ रन जोड्दै आउट भए । त्यस्तै कप्तान पारस खड्काले २४ बलमा ८ तथा ओपनर सुवास खकुरेलले १५ बलमा ४ रन मात्र जोड्न सके ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४