बुधबार, जेठ २७, २०८३

मुगुका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो। यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ। वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन्।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

मुगु– छायानाथ रारा नगरपालिका -५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ। भदौ लागेसँगै उनको परिवार बिहानैदेिख बगैँचामै हुने गरेको छ। मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो। यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ। वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन्। उनीहरू मात्र होइन यतिबेला मुगुका स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ।

National life

मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ। हुनत यो समय स्याउ टिप्नको लागि उपयुक्त समय होइन। मुगुमा स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजतिर मात्रै हो। भदौ अन्तिमतिर सबैले एकै पटक स्याउ टिपे स्याउले बजार नपाउने हुन्छ। कतिपय त रूखमै कुहिने भएकाले अहिलेनै धमाधम टिपेर बगैँचा खाली गर्न थालेको किसानहरू बताउँछन्।

केही किसान भने स्याउ भण्डारण गर्ने ठाउँ नभएको बताउँदै व्पायारी बगैँचामा आएको मौकामा स्याउ बेच्न लागेको बताउँछन्। ‘व्यापारी अहिले नै आएका छन् अलिअलि काँचो भए पनि लैजान्छन्।’ किसान हरि बहादुर भामले भने। 

यतिबेला स्याउ व्यापारी बगैँचामा आएर प्रतिकेजी ३० रुपैयाँमा लिने गरेका किसानहरू बताउँछन्। आफूले पनि उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले बिक्री गर्ने गरेका स्याउ किसान सूर्य प्रकाश भामले बताए। उनका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ।

बिस्नमाया रोकायाका बारीमा १५ सय स्याउका बोट छन्। यो वर्ष स्याउ उत्पादन धेरै हुने भएकाले उनलाई कसरी बेच्ने भन्ने चिन्ता लाग्न थालेको छ। उनले भनिन्,  ‘नेपालगञ्ज, सुर्खेतलगायतका बजारमा लैजाने योजना छ’ उनले भनिन्। 

Shivam cement

स्याउ उत्पादन धेरै भए पनि मुगु जाने राम्रो सडक छैन। गत वर्षभन्दा यसपटक स्याउ उत्पादन वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालय मुगुले पिन गरेको छ।निमित्त कार्यालय प्रमुख दुर्गाबहादुर शाहीले भने ‘अघिल्लो वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो।’  

यस वर्ष जिल्लामा गत वर्ष भन्दा ५ देखि १० प्रतिशत स्याउ उत्पादनमा वृद्धि हुने शाहीले बताए। मुगुमा विशेष गरी तीन प्रकारका रोयल डेलिसेस्, रेट डेलिसेस्, र गोल्डेन डेलिसेस् स्याउ उत्पादन हुने गरेको छ। 

प्रकाशित: Aug 28, 2022| 04:30 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्