बिहीबार, असार ३२, २०८३

बिमस्टेकका लागि आज को–को आउँदैछन् ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- बिहीबारबाट सुरु हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन बुधबार दुई देशका राष्ट्र प्रमुखहरु नेपाल आउँदै छन् । 

भुटानका अन्तरिम मन्त्रिपरिषद अध्यक्ष ल्योन्पो छिरिङ वाङचुक नेपाल आइपुगेका छन् भने  श्रीलंका राष्ट्रपति मैत्रीपाल सिरिसेना दिउँसाे अाउँदै छन् ।  

भुटानका अन्तरिम मन्त्रिपरिषद अध्यक्ष बिहान ८:३० मा काठमाडाैं अाइपुगेका छन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

श्रीलंका राष्ट्रपति भने दिउँसो २.४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम छ । उनलाई पनि  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने छन् । 

भारत, बंगलादेश र थाइल्यान्डका राष्ट्र प्रमुख भने बिहीबार मात्रै नेपाल आउने छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहान ८ः३० बजे विमानस्थल ओर्लने छन् भने बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद ९ः १५ बजे काठमाडौं आउने भएकी छिन् । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा बिहीबार बिहान १०ः१५ मा  काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

म्यानमारका राष्ट्रपति विन मिन्त भने हिजो मंगलबार नै नेपाल आइपुगेका छन् । उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । बिमस्टेकमा नेपालसहित म्यानमार, श्रीलंका, भुटान, भारत, बंगलादेश र थाइल्यान्ड गरी ७ सदस्य रहेका छन् । 

नेपाल सरकारले सम्मेलनमा सहभागी राष्ट्रका राष्ट्रप्रमुखलाई अति विशिष्ट भीभीआईपी सुरक्षा प्रदान गर्नेछ ।  उनीहरूको सुरक्षा र सम्मानार्थ उनीहरूले प्रयोग गर्ने सडक रुटमा एक घण्टा सवारी साधन रोकिने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।