बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मकैबाली अनुसन्धान केन्द्रद्वारा चार नयाँ जात सिफारिस

मकैबाली अनुसन्धान केन्द्रद्वारा चार नयाँ जात सिफारिस

सिफारिस गरिएका तीन वर्णशंकर मकैको जातमा रामपुर हाइब्रिड १२, १४, १६ र खुला सेचित मनकामना ९ रहेको छ।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

चितवन– राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले मकैका चार नयाँ जात सिफारिस गरेको छ। सिफारिस गरिएका तीन वटा वर्णशंकर मकैको जातमा रामपुर हाइब्रिड (वर्णशंकर) १२, १४, १६ र एउटा खुला सेचित मकैको जात मनकामना ९ रहेको छ।

National life

वर्णशंकर मकै रामपुर १२, १४ र १६ यसै वर्ष तथा खुला मनकामना ९ सन् २०२१ मा सिफारिस गरिएको हो। नयाँ जातमध्ये खुला सेचित मकै मनकामना ९ लगाएको १३२ दिनमा पाक्छ। प्रतिहेक्टर ५.४४ मेट्रिक टन उत्पादन हुने यो मकै समुद्री सतहबाट ८०० मिटरदेखि १,६०० मिटर उचाइसम्मको मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यकमका प्रमुख चित्रबहादुर कुँवरले बताए। 

यसैगरी रामपुर १२ मकैको उत्पादन प्रतिहेक्टर ९.४४ मेट्रिक टन रहेको छ। यो तराई र भित्री मधेसमा लगाउन सकिन्छ। रामपुर हाइब्रिड १४ को उत्पादन प्रतिहेक्टर ७.१० मेट्रिक टन रहेको छ। यो मकै तराई, भित्री मधेस र मध्यपहाडमा लगाउन सकिने मकै प्रमुख कुँवरले जानकारी दिए। 

त्यस्तै, रामपुर हाइब्रिड १६ मकै उत्पादन प्रतिहेक्टर ७.१० मेट्रिक टन रहेको छ। यसलाई पनि तराई, भित्री मधेस तथा मध्यपहाडी क्षेत्रमा लगाउन सकिन्छ। सन् २०१८ मा सिफारिस रामपुर हाइब्रिड १० तराई र भित्री मधेसमा हिउँदे सिजनको समय लगाउन मिल्ने कार्यक्रमका वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीले बताए। यो जातको मकै उत्पादन प्रतिहेक्टर ८.०५ मेट्रिक टन छ।  

यसअघि मकैबाली अनुसन्धान कार्यक्रमले गौरव हाइब्रिड सन् २००३ मा, रामपुर हाइब्रिड २ सन् २०१२, रामपुर हाइब्रिड ४ सन् २०१६, रामपुर हाइब्रिड ६ सन् २०१६, रामपुर हाइब्रिड ८ सन् २०१८ मा सिफारिस गरेको थियो। रामपुर ४ र ६ भित्री मधेस र तराईको हिउँदे सिजनका लागि सिफारिस गरेको थियो। 

Shivam cement

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले विकास गर्ने नयाँ जातको मकैको बीउ नेपालको मागअनुसार दिन नसकेपछि भारतबाट आउने हाइब्रिड बिउले बजार ओगटेको छ। हाल नेपालको मकैखेती गर्ने कुल क्षेत्रफलमध्ये करिब १८ प्रतिशत क्षेत्रफल हाइब्रिड मकैले ओगटेको अनुमान छ।– रासस

प्रकाशित: Aug 27, 2022| 11:23 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्