बिहीबार, असार ३२, २०८३

नझुक्किनुस्, आज बिजोर नम्बरको पालो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपालमा पहिलो हुन लागेको बिमस्टेक शिखर सम्मेलनका लागि आज बुधबारबाट काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।

बिमस्टेकका लागि आउने सदस्य राष्ट्रका राष्ट्र प्रमुख र अन्य विदेशी पाउनाको आवागमनमा सहजता ल्याउनका लागि ट्राफिक प्रहरीले जोर–बिजोर प्रणाली लागु गरेको हो । 

जोर–विजोरअन्गर्तत आज बिजोर गते बिजोर नम्बरका सावरी साधन मात्रै गुड्न पाउने भएका छन् । भोली बिहीबार जोर नम्बरका सवारी मात्रै गुड्न पाउने छन् ।  अन्तिमका २ अंकका आधारमा जोर र विजोर गणना हुनेछ । 

बुधबारदेखि र शुक्रबारसम्म सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बुधबार र शुक्रबार बिजोर नम्बर भएका गाडी र बिहीबार जोर नम्बरका गाडी मात्र चल्न पाउनेछन् । ट्राफिक अस्तव्यस्ततालाई कम गर्न यस्तो निर्णय लागु गरिएको ट्राफिक प्रहरीको भनाई  छ। 

त्यसैगरी केन्द्र सरकारले बिमिस्टेक सम्मेलनको दुई दिन काठमाडौं उपत्यकाका निजी तथा सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय बिहीबार र शुक्रबार बन्द हुनेछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।